प्रधानन्यायायाधीश राणामाथी राजीनामा गर्न चौतर्फी दबाव

प्रधानन्यायायाधीश राणामाथी राजीनामा गर्न चौतर्फी दबाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएसनले प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबरालाई १५ दिनको समय दिएको छ । बारले सर्वोच्च अदालत र उच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्नुपर्ने दिएको सुझाव प्रतिवेदन कार्यान्वयन गर्न अल्टिमेल्टम दिएको हो ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गोला प्रथाबाट पेशी तोक्नुपर्ने सुझाव दिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले उक्त सुझावलाई कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् ।

शुक्रबार बसेको नेपाल बारको बैठकले माग पुरा नभएको अवस्थामा न्यायिक नेतृत्वलाई विश्वास गर्न नसकिने चेतावनी समेत दिएको छ। नेपाल बारले आगामी आइतबार (कात्तिक ७ गते) प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्ने जनाएको छ ।

बारको शुक्रवार बसेको बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथी समेत भागबण्डाको आरोप लागेको थियो । बैठकमा प्रधानन्यायाधीश राणाले राजीनामा नदिए महाअभियोग लगाउने विषयमा छलफल भएको स्रोतको दावी छ । श्रेष्ठमाथी उपाध्यक्ष ईश्वरी प्रसाद भटराई र कोषाध्यक्ष रुद्र पोखरेलले न्यायाधीश नियुक्तीमा भागवण्डा लिएको आरोप लगाएका थिए ।

यता पूर्व न्यायाधीश फोरमले समेत प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेको छ । फोरमले शुक्रवार विज्ञप्ती जारी गर्दै राणाको कार्यशैली,व्यवहार र आचरणमाथी गम्भीर प्रश्न उठाउंदै राजीनामा गरेर मार्ग प्रशस्त गर्न माग गरेको छ ।

प्रधानन्यायाधीश राणाले मन्त्रिमण्डल र अन्य राजनीतिक नियुक्तीमा भाग खोजेको भन्दै उनको आलोचना भइरहेको छ । उनले बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग गोप्य रुपमा भेटवार्ता गरेका थिए । राणाको राजीनामा माग भएसंगै उनले पूर्व प्रधानन्यायाधीशहरुसंग समेत भेटवार्ता सुरु गरेका छन् ।

यस्तो छ नेपाल बारको विज्ञप्ती-