प्रधानन्यायाधीशले ढिलो नगरी राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ताहरुको सुझाव

प्रधानन्यायाधीशले ढिलो नगरी राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ताहरुको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, महेश नेपाल, मुक्ति प्रधान र परशुराम कोइरालाले प्रधानन्यायाधीश राणाले ढिलो नगरी राजीनामा दिनुपर्ने बताएका हुन ।

पूर्व महान्यायाधिवक्ता समेत रहेका बरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीश राणाले अब ढिलो नगरी अब २\३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बता । श्रेष्ठले भने,‘उहांले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रुपमा पनि यसले हित हुंदैन्, उहां जति बस्नुहुन्छ उहांलाई त्यति ठूलो क्षति हुन्छ । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ ।’

उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको संकेत गरेका छन् । उनले भने,‘उहांले राजीनामा दिनुभएन भने हामीसंग संविधान छ । उहांको कमिकमजोरी रहे, संविधानअनुसार हुन्छ । प्रतिनिधिसभा छ, सांसद छन् । जनताको लेभलमा यत्रो कुरा उठेको छ । अझै धेरै प्रश्न उठ्नेवाला छ । अहिले बाहिर बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुलल हुन्छ । धेरै घण्टा पनि नलगाउनुहोस । तत्काल राजीनामा दिनुहोस ।’

श्रेष्ठले अहिलेको प्रधानन्यायधीशले पदको गरिमालाई कायम गर्न नसकेको आरोप लगाए । कार्यक्रममा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनको लागि प्रधान्यायाधीश राणाले निकास दिनुपर्ने बताएका छन् ।

‘न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको छ। प्रधानन्यायाधीशको बारेमा जुन विषय उठान भएका छन् । उहांमाथि जतिपनि आरोप र विवाद लागेका थिए, त्यो स्पष्ट पार्ने जिम्मेवारी थियो । तर अब समय घर्किसकेको छ, फस्र्योट गर्ने समय गुज्रिसकेको छ । न्यायापालिकाको जनताको अभिभावक हो । त्यसको भावना र मर्मलाई न्यायिक नेतृत्वले आत्मसात गर्नुभएन । राजनीतिक दलसंग सौदावाजी गर्नुभयो ।’ प्रधानले भने ।

उनले प्रधानन्यायाधीशले कार्यपालिकासंग भागबण्डा खोजेको विषयमा पनि प्रश्न उठेको बताए । प्रधानन्यायाधीशले राजीनामा नदिएको अवस्थामा आफुले गम्भीर रुपमा सोच्ने प्रधानको भनाई थियो ।

त्यसैगरी बरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीशले राजीनामा दिएर फेश सेभ गर्नुपर्ने धारणा राखेका छन् । उनले मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै प्रधानन्यायाधीशले राजीनामा दिंदा नै राम्रो हुने तर्क गरे ।

उनले भने,‘टिम क्याप्टेनले एक्लैले खेलेर पुग्दैन् । टिम लिडरले भनेको कुरा अरु टिम मेटहरुले नमान्ने अवस्था आउनु भनेको यो शर्मनाक हो । आज उपरान्त जति जति दिन ढल्दै जान्न्छ, त्यति त्यति नै चरित्रमा दाग लाग्दै जान्छ ।’

उनले अहिलेको समस्याको एक मात्रै कारक प्रधानन्यायाधीश एक्लै भने नभएको टिप्पणी गरे । उनले भने,‘उहांको पालामा जत्ति विवाद अरु बेला कहिल्यैपनि आएको थिएन, अब उहांले राजीनामा दिएर फेश सेभ गर्नुपर्छ ।’ उनले १४ न्यायाधीशले फूलकोर्टमा जाँदैनौं भन्नु ठूलो प्रश्न भएको पनि बताए ।

उनले भने,‘नेपालको संविधान २०४७ आउंदापनि सर्वोच्च अदालतका न्यायाधीशहरुको पून नियुक्तीको कुरा आएको थियो । २०६३ पछि यो कुरा राखियो । यही अर्थ २०७२ मा पनि आएको थियो । न्यायाधीश नियुक्ती पारदर्शी हुनुपर्छ भनिदै आएको छ । राम्रा र योग्य व्यक्ति न्यायाधीश बन्नुपर्छ । केही समयदेखि अहिलेको जुडिसियल क्याप्टेन प्रधानन्यायाधीशको काम कारबाहीको बारेमा प्रश्न उठिरहेको थियो । गम्भीर प्रकृतिका मुद्दामा वरिष्ठतम न्यायाधीशलाई पन्छाएर कनिष्ठलाई मौका दिईयो । १४ जना न्यायाधीश प्लेयरले फुटबल गेममा म सामेल हुन सक्दिन् भन्नु, यो सम्मको कुरा आउनु भनेको यसबाट न्यायापालिकाको अवस्था थाहा हुन्छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता महेश नेपाल भने प्रधानन्यायाधीश जबराले स्वेच्छाले राजीनामा दिए अलग कुरा हुने तर कसैले माग्दैमा राजीनामा दिन नहुने बताउंछन् । प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको टिप्पणी छ ।