पूर्व प्रधानन्याधीशले घुंडा टेकेर राष्ट्रपतिसंग लगाएको टिकाको फोटो भाइरल बनेपछि ….


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई टिका लगाइदिएको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पायो । कतिले यसलाई मजाक बनाएर उडाए त कतिले यसलाई राष्ट्रपतिलाई विवादमा तान्न जानाजान गरिएको षड्यन्त्रको रुपमा लिए । राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीशलाई टिका लगाइीदएको विषय नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापासम्म पुग्यो ।

राष्ट्रपतिबाट पूर्वप्रधानन्यायाधीशले घुँडा टेकेर टिका लगाएपछि थापाले राष्ट्रपतिका सल्लाहकार र स्वकीय सचिवलाई छेड हान्दै सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘संयोगवशस् उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली १ उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ११ चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानूनमा विद्यावारिधि उपाधियुक्त डा। भेषराज अधिकारी स्वकीय सचिव १११ अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति ।’

उनले जनताकी छोरीले नागरिकलाई घुँडा टेकाएर टिका लगाउनु संघीय लोकतान्त्रिक गणतन्त्रविपरित भएको भन्दै रोष प्रकट गरेका छन् । थापाले जननेता मदन भण्डारीकी श्रीमती नेकपाबाट निर्वाचित राष्ट्रपतिलाई विवादमा ल्याउनेहरुमाथि आक्रोश व्यक्त गरेका छन् ।

‘नागरिकलाई यो आसनमा बडादशैंको टीका रु संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताविक भएन । आजीवन हसिया हथौडा अंकित झण्डामुनि क्रियाशील, नेपाली महिला सशक्तिकरण आन्दोलनकी प्रेरणादायी नेतृ, जननेता मदन भण्डारीकी जीवन संगिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो रु,’ उनले भनेका छन्, ‘नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुनसक्दैन । किनभने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिहरू जननिगरानी अन्तर्गत नै रहेको हेक्का राखिनु मनासिव होला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement