सिके राउतका २० कार्यकर्ता प्रहरी हिरासतमा

सिके राउतका २० कार्यकर्ता प्रहरी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउतका कार्यकर्तालाई प्रहरीले नवलपरासीबाट हिरासतमा लिएको छ।

पाल्हीनन्दन गाउँपालिका ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुसपछि कोणसभा गर्दै गरेका स्वतन्त्र मधेश गठबन्धनका २० जना बुधबार पक्राउ परेका हुन्।

असोज ३ गते नेपालको संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भएको भन्दै संविधान कालो दिनको दिवसको विरोध प्रदर्शन गरेकाले उनीहरुलाई पक्राउ गरिएको डीएसपी मोहन बहादुर खाणले जानकारी दिए।

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादवको नेतृत्वमा संविधान विरोध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गाउँ–गाउँबाट स्वराजीहरु पक्षधर जनताहरुको सहभागिता रहेको थियो ।