ब्रेकिंग न्युज विचार

मधेषमा जनमत संग्रह गर्न सरकार तयार भयो :सिके राउत

– सिके राउत, आजको यो दिन निक्कै नै ऐतिहासिक रहेको छ। हामीले विगत केही वर्षदेखि देशमा जुन विकराल समस्याको रुपम जुन मुद्दा उठाइरहेक‍ा थियाैं, जसबाट राज्य पक्ष पनि उत्तिकै चिन्तित थियो र हामी पनि उत्तिकै चिन्तित थियौं कि यसले कस्तो मोड लेला भविष्यमा भनेर।

Dish Home

अवस्था कसको नियन्त्रणमा रहला कि नरहला भनेर हामी पनि त्यत्तिकै चिन्तित थियौं। जुन मुद्दाले देशका हामी समस्त नागरिकलाई चिन्तित बनाउँदै आएको थियो।

त्यसले कस्तो भयावह रुप लेला भनेर हामी दिनरातै चिन्ता गर्दै थियौं। त्यसको आज बडो सहज रुपमा, बडो शान्तिपूर्ण, बडो सुरक्षित रुपमा अवतरण यहाँ हुँदैछ। त्यसकारण यो हामी सबैका लागि खुसीकाे कुरा हो। हामी सबै देशका नागरिकका लागि यो ऐतिहासिक पल हो।

समय जुटाउनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो स्थानबाट पहल गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै, मुद्दाको संवेदनालाई बुझ्दै, उहाँले आफ्नै स्तरबाट जुन पहल गरेर यसरी सुरक्षित अवतरण गराउनु भएको छ र हामीलाई एउटा राजनीतिक स्पेस दिनुभएको छ, त्यसका लागि निश्चय नै हामी सम्माननीय प्रधानमन्त्रीज्यूप्रति धन्यवादको पात्र हुनुहुन्छ।

२०६९ साल जेठ ८ गते यही काठमााडौंमा पत्रकार सम्मेलन गरेर यस आन्दोलनको उद्घोष गरेका थियौं। यसबीचमा धेरै प्रधानमन्त्रीहरुको कार्यकाल गुज्रियो र उहाँहरुले पनि यस शान्तिपूर्ण आन्दोलनलाई कदर नै गर्नुभयो। उहाँहरुले पनि यस लोकतान्त्रिक आन्दोलनको संवेदनालाई बुझेर बलजफ्ती र बल प्रयोग गर्नु भएन। त्यसबाट कुन पनि बेला यो आन्दोलन बिस्फोट हुने डर थियो। यसले एउटा नकारात्मक मोड लिने डर थियो। त्यसलाई हाम्रा पूर्वप्रधानमन्त्रीज्यूहरुले पनि जोगाउनु भयो।

हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। अहिंसा हामी कसैलाई सिकाउनै पर्दैन। अहिंसा हाम्रो शरीरभित्र अन्तर्निहित भएर बसेको छ। हामी तराईमा जाउँ या पहाडमा जाउँ, जहाँ जाँदा पनि त्यो अहिंसाको भावले हामीलाई जहिले पनि छोइरहन्छ।

त्यही भएर पनि यसअघिका प्रधानमन्त्रीज्यूहरु डा बाबुराम भट्टराई, स्व सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहालज्यू पनि उत्तिकै धन्यवादको पात्र हुनुहुन्छ।

हामी बुद्धका सन्तान हौं र अहिंसा हाम्रो रगरगमा बसेको छ। अहिंसा हामी कसैलाई सिकाउनै पर्दैन। अहिंसा हाम्रो शरीरभित्र अन्तर्निहित भएर बसेको छ। हामी तराईमा जाउँ या पहाडमा जाउँ, जहाँ जाँदा पनि त्यो अहिंसाको भावले हामीलाई जहिले पनि छोइरहन्छ।

हामीले यो आन्दोलन सुरु गर्दा बुद्ध र गान्धीको आदर्शलाई नै मान्दै अगाडि बढायौं, निश्चय नै हाम्रा राज्यसँग केही विमतिहरु थिए। केही कुरा संविधानले सम्बोधन गर्न सक्थ्यो। केही कुरा ततकलीन अवस्थामा संविधानले संवोधन गर्न नसक्ने अवस्था पनि थियो। हामीले आफ्ना विचारहरुलाई जनता समक्ष लाँदाखेरि जुन एउटा स्वभाविक आन्दोलनका क्रममा हुने गर्छ, जुनसुकै राजनीतिक प्रक्रियामा हुने गर्दछ, राज्यबाट केही कदमहरु चालिए। त्यसक्रममा हाम्रा हजारौं समर्थकहरुलाई गिरफ्तार पनि गरियो, नगरिएको होइन। हाम्रा सयकडौं कार्यकर्ताहरु घाइते पनि भए। हामीवरुद्ध राज्यविरुद्धकाे मुद्दा पनि लगाइयो।

केही महिनाअघिमात्रै राजनीतिक मुद्दा खेपिरहेका हाम्रा बाँके जिल्लाका संयोजक राममनोहर यादवको प्रहरी हिरासतमै निधन पनि भयो। म आफैं पनि पटक-पटक गरी करिब २ दर्जन पटक पक्राउ पनि परेँ। महिनौं हिरासतमा बसें। महिनौं जेलमा पनि बसें। यहाँसम्म कि २०७१ सालमा मोरङमा एउटा आमसभामा प्रहरी दमनमा पर्दाखेरि मेरो खुट्टा पनि भाँचियो। त्यसको केही महिना पछाडि झापाको राजगढमा पुग्दाखेरि त्यहा पनि प्रहरी आक्रमणमा परेँ र नराम्रो तरिकाले घाइते भएको थिएँ।

मेरो खुट्टा भाचिए पनि मेरा कार्यकर्तामाथि दमन भएपनि त्यसको प्रतिउत्तरमा फूल आन्दोलन चलायौं। लाठीचार्ज गर्ने प्रहरीहरुलाई सयपत्री फूल दिन थाल्यौं। गुलावको फूल दिन थाल्यौं।

हाम्रा अन्य नेता तथा कार्यकर्ताहरुले पनि दुःख पाए, नपाएका होइनन्। तर, यति हुँदाहुँदै पनि शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कहिल्यै पनि डग्मगाएन। हामी बुद्धका सन्तान हौं भन्ने ठानेर शान्तिपूर्ण मार्गमा लागिरह्यौं। हामी कहिल्यै पनि विचलित भएनौं। र त्यसको सुखद परिणाम आज हामी अफ्नो अगाडि देख्दैछौं। यो आफैंमा एउटा उदाहरणीय कदम हो। ति पक्षका जनताहरु जसले हिंसाका साथ आन्दोलन गर्न तम्तयार भइदिन्छ, तिनीहरुको लागि पनि एउटा पाठ बनेर रहला जस्तो मलाई लाग्छ।

हामीमाथि राज्यबाट दमन भएपनि प्रतिशोधको भावना हामीले आफ्नो मनमा पालेनौं। मेरो खुट्टा भाचिए पनि मेरा कार्यकर्तामाथि दमन भएपनि त्यसको प्रतिउत्तरमा फूल आन्दोलन चलायौं। लाठीचार्ज गर्ने प्रहरीहरुलाई सयपत्री फूल दिन थाल्यौं। गुलावको फूल दिन थाल्यौं। र कतै न कतै उहाँहरुको मनमा पनि सद्भाव उत्पन्न भयो। त्यो चाहिँ हामीले प्रत्यक्ष रुपमा भोगेका छौं, देखेका छौं। त्यही कारणले हाम्रो पनि आन्दोलनमा हिंसा हुन सक्थ्यो। हामी अहिंसात्मक नै भएपनि राज्यपक्षबाट दमन हुनसक्थ्यो। तर, हाम्रो आन्दोलनमा प्रहरीबाट पनि गोली चलाउने काम भएन। त्यसका लागि राज्य र प्रहरी पनि धन्यवादको पात्र बनेको छ।

यो उदाहरणीय रुपमा जुन शान्तिपूर्ण रुपमा हामीले आन्दोलनलाई चलायौं र निकाससम्म आउने अवस्थामा आइपुग्यौं। त्यसका लागि राज्य प्रहरी जनता सबै धन्यवादको पात्र छन्।

हाम्रो आन्दोलन चलिराख्दा खेरि विभिन्न किसिमका भ्रमहरु सिर्जना गर्न खोजिए, कहिले मिडियामा, कहिले अनलाइनमा, कहिले चियागफमा, विभिन्न रुपले भ्रम छर्ने काम पनि स्वभाविक रुपमै भयो। कहिले हामीलाई घृणाको पात्रको रुपमा देखाउने काम भयो, कहिले समुदाय-समुदायबीचमा लडाउने कार्य पनि भयो। तर, हामीले पटक-पटक भन्यौं। हाम्रो संघर्ष भनेको आफ्नो अधिकारको लागि हो। कुनै समुदायको विरोधमा हुँदै होइन। हामीले पटक-पटक आफ्नो विचारबाट, आफ्नो लेखबाट, प्रेस विज्ञप्तिहरुबाट यी कुराहरु प्रष्ट गरिराखेका छौं र गर्दै आएका छौं।

त्यति मात्रै होइन हामीले व्यवबारबाट पनि यो कुरा देखाउँदै आएका छौं। हाम्रा सामाजिक कार्यहरु तराईका जिल्लाहरुमा मात्रै होइन सिन्धुपाल्चोक, दैलेख लगायतका पहाडका जिल्लाहरुमा पनि सञ्चालित थिए। भलै त्यो मिडियामा नआएको होस्।

हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ। अरुलाई कुट्न सजिलो छ, ढुंगा फाल्न सकिलो छ, तर आफैंले पिटाई खाएर बस्न चाहिं गाह्रो हुन्छ।

पहाडमा भुकम्प जाँदाखेरि हामीले तराईका जिल्लाहरुमा आम उपवासकाे कार्यक्रम घोषणा गर्यौं। ताकि तराईका जनताहरु पहाडमा रहेका आफ्ना भाइबहिनीका भोकको पीडा आफैले महसुस गर्न सकुन्। त्यो बराबरको अन्न दान गरेर तिनिहरुको लागि सेवा गर्न सकुन्। अब त्यो भ्रममा हामी नपारौं। अब समुदाय-समुदायबीच लडाउनेहरुलाई कुनै स्थान नदिउँ। कुनै समुदाय र वर्गाको विारेधमा हाम्रो आन्दोलन उठेकै होइन। हाम्रो अधिकारको लागि हो, हाम्राे समृद्धिको लागि हो, हाम्रो सुखको लागि हो। त्यो सबैलाई चाहिन्छ, तराइका जनतालाई पनि चाहिन्छ, पहाडका जनतालाई पनि चाहिन्छ। हुम्ला जुम्लाका जनतालाई पनि चहिन्छ, त्यो महोत्तरी र झापाका जनतालाई पनि उत्तिकै चाहिन्छ।

आज हामी जुन मोडमा आइपुगेका छौं, त्यसका लागि म आफ्ना समर्थकहरुलाई, तराईका जनताहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। किनकी हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ। अरुलाई कुट्न सजिलो छ, ढुंगा फाल्न सकिलो छ, तर आफैंले पिटाइ खाएर बस्न चाहिं गाह्रो हुन्छ। हाम्रा कार्यकर्ताहरुले हाम्रा समर्थकहरुले आफ्ना हातमा हात बाँधेर बसे। हामीलाई जतिसुकै हिंसा गरेपनि, जतिसुकै दमन गरेपनि, हामी चाहिं हिंसात्मक हुँदैनौं भनेर ठोस आस्थाका साथ ठोस धैर्यका साथ यो आन्दोलनलाई निरन्तरता दिए। र याे आन्दाेलन शान्तिपूर्ण रुपमै आज सम्पन्न हुँदैछ। अवतरण हुँदैछ। यसका लागि हाम्रा कार्यकर्ताहरु उत्तिकै धन्यवादका पात्र हुनुहुन्छ।

हाम्रो वार्तामा राज्य पक्षले पनि स्विकार गरेको अवस्था छ कि जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याहरुलाई निवारण गर्ने। हाम्रो माग पनि त्यही हुँदै आएको छ। हाम्रो मागभन्दा यो फरक होइन। हाम्रो नारा नै के थियो भन्दा ‘अब की बार एक हि बार जनमत संग्रह होइ ल।’

राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै, नेपाली जनतामा रहेको त्यो सार्वभाैमसत्तालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ की अब जे चाहिन्छ त्यो जनमत संग्रहबाटै जनताले लिए हुन्छ। यहाँ जनता नै सर्वोपरी हो, जनताभन्दा ठूलो कोही छैन। त्यसकारण यो राज्यको पनि जित हो र जनताको पनि जित हो। यसलाई कसैले अन्यथा अर्थ लगाउने प्रयास नगरौं। हामी सावधान रहौं यो सबैको जित भएको हो।

त्यही भएर म समग्र जनतालाई के भन्न चाहन्छु भन्दा अब हामीले हिंसामुखी व्यवहार गरेर, हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला अब होइन। जनता त सार्वभौभसत्ता सम्पन्न छँदैछन्। जनताले चाहेमा जे पनि हासिल गर्न सक्छन्। त्यसका लगि संविधानमा नै पृष्ठभूमि तयार भएको छ। त्यसकारण वार्तामार्फत पनि राज्यले आफ्ना प्रतिबद्धता दोहाेर्‍याएकै छ। अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो।

आफ्नो जनमत प्रयोग गरेर अधिकार आफ्नो पक्षमा लिने अब सबै अधिकार सबै शक्ति अब जनताको हातमा आएको छ। अब जे हासिल गर्नुछ, जसो हासिल गर्नुछ, जस्तो व्यवस्था ल्याउनु छ, जनताले आफ्ना अधिकार प्रयोग गरुन्, मताधिकार प्रयोग गरुन्, आफ्ना जनअभिमत प्रकट गरुन्। र उनीहरुले त्यो शान्तिपूर्ण तरिकाबाट हासिल गरुन् र त्यो हुन्छ पनि। समस्त देशको विकास, हित, समृद्धि र सुखका लागि आवश्यक चिज हासिल गर्ने बेला आएको छ।

राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै, नेपाली जनतामा रहेको त्यो सार्वभाैमसत्तालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ की अब जे चाहिन्छ त्यो जनमत संग्रहबाटै जनताले लिए हुन्छ।

आगामी दिनमा पनि हाम्रो संवाद हुँदै जानेछ। जुन मेराे पछिल्लो ५ महिना जेल बसाइ भयो, जेल बसाइको क्रममा पनि उपयोगी वातावरण बनाइदिनुहुने, सहयोग गरिदिनु हुने रोतहट जिल्ला कारागारका जेलर साब, भद्र बन्दि गृहमा बस्दाखेरीका जेलर र चौकीदार साब, नाइके, भाइ नाइके, सहनाइकेज्यूहरुलाई म धन्यवाद दिन चाहन्छु।

जेल बसाइका क्रममा बिरामी हुँदा मलाई साघाउनुहुने केन्द्रीय कागार अस्पतालका डाक्टर र सिस्टरहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।

यसअघि पनि करीब ४ वर्षअघि म डिल्लीबजार जेलमा बसेको थिएँ। स्वेच्छाले म त्यतिबेला गएको थिए। स्वेच्छाले जेल जानु र अहिले जेल जानुमा धेरै नै अन्तर हुँदो रहेछ। त्यसै पनि भनिन्छ जेल भनेको एउटा महाविद्यालय हो। ठूलो पाठशाला हो। बाहिर हामीले पढ्न नपाएका कुुराहरु, बाहिर हामीले अनुभूति गर्न नपाएका कुराहरु हामी जेलमा गएर अध्ययन गर्न सक्छौं।

नेपाल सधैंभरी स्वतन्त्र मुलुक रहेको छ। स्वतन्त्रतालाई हामी यति सरल कुरा मान्दन्छौं कि त्यो हरण भयो भने के हुन्छ भन्ने कुरा यहाँ एउटा सम्माननीय मान्छेले अनुभूति गर्न सक्दैन। तर जेलमा पुगेपछि स्वतन्त्रता कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा बोध गराउँछ। चाहे एक दिन मात्र भएपनि किन जेल नबसौं।

५ महिनाको जेल बसाइ, निकै नै उलिब्धीमूलक रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौं भन्ने मलाई ठूलो पाठ सिकाएको छ।

हामीले अहिले संविधानमा स्वतन्त्रताको अधिकारहरु पाएका छौं। त्यो चाहे वैचारिक स्वतन्त्रता होस् या अन्य किसिमका स्वतन्त्रता नै किन नहोस्। जतिपनि स्वतन्त्रता अहिले हामीले पाएका छौं। त्यसको मतलब के हो भन्ने कुरा जेल बसाइको क्रममा मान्छेलाई थाहा हुन्छ। त्यो स्वतान्त्रता अपहरित भएपछि मान्छेले अनुभूत गर्छन् कि हामीले कति ठूलो स्वतन्त्रता पाएका थियौं। र त्यो स्वतन्त्रतालाई उपयोग गरेर हामी के-के कुरा हासिल गर्न सक्छौं, के-के कुरा अभिव्यक्त गर्न सक्छौं, भन्ने कुरा त्यो स्वतन्त्रता हामीसँग नभएको बेलामा मात्र थाहा हुन्छ।

त्यही भएर यो ५ महिनाको जेल बसाइ, निकै नै उलिब्धीमूलक रह्यो। यसले मलाई स्वतन्त्रता भनेको के हो, यसलाई कसरी उपयोग गरेर समस्त जनताको सुख र समृद्धिका लागि हामी लाग्न सक्छौं भन्ने मलाई ठूलो पाठ सिकाएको छ। त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चहन्छु।

भनिन्छ कुनै अपराधी मुक्त रुपमा हिँडिरहेको छ भने त्यो प्रहरीको असफलता हो। तर, कुनै निर्दोष व्यक्ति जेलभित्र कोचियो भने त्यो एउटा न्याय व्यवस्थाको असफलता हो। यो सिंगो राज्यको असफलता हो। किनकी हामीले निर्दोष व्यत्तिलाई जेलभित्र कोच्नका लागि राज्यको स्थापना गरेका थिएनौं। राज्य भनेको कुरा आफैंमा पनि एउटा साधन मात्रै हो साध्य होइन।

(स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले शुक्रबार सरकारसंग ११ बुंदे राजनीतिक सहमति गरेपछि राष्ट्रियसभा गृहमा गरेको सम्बोधनको सम्पादित अंश)

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top