सीके राउत जुटे स्थानीय तहको निर्वाचनमा

सीके राउत जुटे स्थानीय तहको निर्वाचनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो दुई महिनायता तराई-मधेसमा आन्दोलनरत डा. सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ ।

निर्वाचन आउन तीन महिना बाँकी रहँदै अध्यक्ष राउतले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउन आग्रह गरेका हुन् ।

‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेकाहरूको नाम सिफारिस री केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ ।’ राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले मातहत कमिटीहरूलाई सो सिफारिसलाई अन्तिम निर्णयका रुपमा पनि नलिन सुझाव दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।