किसानको माग पुरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्छौं : सीके रावत


काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन भए मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गर्न सकिने बताएका हुन् ।

यदि माग पुरा नभए स्थानीय तहको निर्वाचनमा तराई-मधेसमा अवरोध गर्ने उनको भनाइ छ । उनले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं । नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’

जनमत पार्टी निर्वाचन विरोधी नभएको समेत अध्यक्ष राउतले गरे । उनले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो ।’

राउतले अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने जानकारी दिएका छन् । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement