अहिलेका पार्टीहरु इन्जिन विग्रेको कबाडी गाडीः सीके राउत

अहिलेका पार्टीहरु इन्जिन विग्रेको कबाडी गाडीः सीके राउत


बुटवल – जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा, कांग्रेस, नेकपा र मधेसीदलका नेताहरूलाई म्याद गुज्रेको औषधिको संज्ञा दिएका छन् ।

सोमबार भैरहवामा आयोजित कार्यक्रमममा राउतले कांग्रेस, नेकपा र मधेसीदलका नेताहरुलाई म्याद गुज्रेकोे औषधि सरह रहेको आरोप लगाएका हुन् । ३० वर्ष देखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने उनको भनाइ छ ।

नेकपाले महरालाई, कांगे्रसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताए ।

‘अहिलेका यी पार्टीहरु कबाडी खिया लागेको पार्टी जस्तै छ । इन्जिन विग्रेको कबाडी गाडी रहेकोले यसमा बस्न पनि नहुने यदी बसी हालेको भए पनि बीच बाटोमै विग्रिने निश्चित रहेको छ,’ राउतले भने ।

मधेशका ७१ मन्त्री बने पनि अहिलेसम्म शहिदको कुनै सपना पुरा नहुनु नै दुर्भाग्य भएकोले जनमत पार्टी साधुको पार्टीको रुपमा मधेश अधिकारको लागि आएको उनले बताए । जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले जनताको पार्टीको रुपमा कुनै पार्टी नभएर भगौडे र आयातित पार्टी रहेको बताए।

जनमत पार्टीका नेता नरेन्दै चौधरी, संजय यादव, चन्द्र शेखर वर्मा, रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र यादव लगायतले मधेशवादी पार्टीले मधेशी सहिद र मधेशसँग गद्दारी गरेको बताउदै नेकपासँग राजपाको गठबन्धनलाई दलाली रहेको बताए ।