सिके राउतले पृथकतावादी समूह त्यागेका छैनन, उनलाई तत्कालै विश्वास नगरौंः भीम रावल

सिके राउतले पृथकतावादी समूह त्यागेका छैनन, उनलाई तत्कालै विश्वास नगरौंः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वगृहमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले सरकारले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धतालाई बिर्सन नहुने बताएका छन् ।

बैतडीमा सञ्चारकर्मीसँगको कुराकानीमा बोल्दै नेता रावलले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच दुरी बढेको बताए ।

उनले फरक प्रसंगमा सिके राउतलाई विश्वास गर्न नहुने पनि बताए । उनले भने ‘सिके राउतले अझै पृथकतावादी समूह त्यागेका छैनन,’ ‘उनलाई तत्कालै विश्वास गर्न हुँदैन ।’ सिके राउतले अझै पृथकतावादी समूह नत्यागेको नेता रावलको दावी छ ।

नेता रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा पनि जोड दिए । प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने उनको भनाई थियो ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै नेता रावलले भने, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, प्रेसलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै रावलले भने, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन ।”