सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति जारी गर्दै मौसममा आएको प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् ।

जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित गाडी तोडफोड गर्ने, आगजनी गर्ने लगायतका प्रदर्शन गर्दै आएको थियो ।

कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पार्दै आइरहेको छ ।

बिहीबार रातिदेखि देशभर असिना र पानी परिरहेको छ । मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै सो पार्टीले लोकमार्गकेन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ ।