मधेशमा उग्र बन्दै सिके राउत, पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा

मधेशमा उग्र बन्दै सिके राउत, पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले विज्ञप्ति जारी गर्दै आज पुस १५ देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको हो ।

पार्टीका अध्यक्ष डा. राउतले पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने जनाएका छन् । किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले बताएका छन् ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाएका छन् ।

यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको पनि उनको आरोप छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार जना किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टीले आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै मधेसभर अनिश्चितकालका लागि आन्दोलनको घोषणा गरेको हो ।