काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी कार्यकर्ता रिहा भएका छन् ।
प्रतिनिधिसभाका सदस्य समेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं महेन्द्र पुलिस क्लबमा पुगेर उनीहरुलाई रिहा गरेका हुन् ।
सोमबार बिहान ‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको र्यालीमा पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया