काठमाडौं –स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत बिहिबार सर्वाेच्चको आदेशपछि थुनामुक्त भएका छन् । सिके राउत थुनामुक्त भएसंगै अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।
आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्ने बताइएको छ। उनी यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए । सरकारसँग भित्रभित्रै वार्ता गरेका राउतले शुक्रबार नै पृथकतावादी अभियान परित्यागको घोषणा गर्ने कार्यक्रम तय भएको उच्च श्रोतले जानकारी दियो ।
बिहीबारमात्र अदालतको आदेशबाट रिहा भएका राउतले सरकारसँग वार्ता गरेर नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार गर्न सहमत भएको स्रोतहरुले बताएका छन्।नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार गर्न सहमत राउत सहमत भएपछि आज दिउसो एक बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीको सो विशेष सम्बोधन कार्यक्रममा राउत स्वयंपनि उपस्थित हुनेछन्।




प्रतिक्रिया