सिके राउतसँग सम्झौताको बिरोधमा १६ मानवअधिकारकर्मी पक्राउ

सिके राउतसँग सम्झौताको बिरोधमा १६ मानवअधिकारकर्मी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै नागरिक अगुवाहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । प्रर्दशनको क्रममा प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ ।

२०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो ।

विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।