कक्षा १२को परीक्षा फाराम खुला

कक्षा १२को परीक्षा फाराम खुला


काठमाण्डु– ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले मंगलबार सूचना जारी गर्दै १२ को लागि फाराम खुला गरिएको बताएको हो ।

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

यस्तै छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने छन् ।

हेर्नुहाेस् सूचना :