कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ‘ए ग्रेड’ ल्याएका छन् । त्यस्तै ७० हजार १ जनाले बी प्लस ल्याएका छन् । ९९ हजार ५ सय ३७ जनाले बी ग्रेड ल्याएका  छन् ।

७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।

कक्षा १२ को नतिजा शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको थियो ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

कसरी हेर्ने रिजल्ट ?

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । नतिजा वेवसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेवसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।