काठमाण्डु– सरकारले अब कक्षा ६ देखि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कक्षा ९ देखि १२ सम्म प्रदान गरिँदै आइएको छात्रवृत्ति आगामी आर्थिक वर्षदेखि कक्षा ६ बाट नै प्रदान गरिने बताए ।
उनले विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरिएको बताए ।




प्रतिक्रिया