स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिने

स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण र व्यवस्थापकीय पक्षमार्फत सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाँच्न पाउने नेपालीको अधिकारको प्रत्याभूति गरिने बताएका छन् ।

‘नेपालमा फोहोर पानी प्रशोधनको विकेन्द्रित मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट सिकाइ’ विषयको एकदिवसीय अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उनले सन् २०३० सम्म संयुक्त राष्ट्र संघद्वारा निर्धारित दिगो विकासका लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता पूरा गर्न नेपालले सरसफाइ क्षेत्रमा विशेष तयारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा पूर्वमन्त्री गणेश साहले फोहर पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन नौ गुणा खर्च लाग्ने बताउँदै प्रदूषकहरूलाई दण्ड वा जरिवाना गरिने व्यवस्था गर्नुपर्ने सुझाव दिए । नेपाल इञ्जिनीयर्स एशोसियशनका अध्यक्ष इ हरेराम श्रेष्ठले जनसंख्यासँगै फोहर पनि बढ्ने भएकाले वातावरण स्वच्छ राख्न फोहोरको समुचित व्यवस्थापन गर्नुपर्ने बताए ।