काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउँदै छ ।
नेकपाका नेता देव गुरुङले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको बताउँर्द त्यसैलाई जोडेर सोमबार निर्वाचन आयोगमा बुझाउने बताए ।
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी एमालेको छ ।
एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिए ।
भट्टका अनुसार बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने सचिवालय बैठकले निर्णय गरेको छ ।




प्रतिक्रिया