क्लब विश्वकपको क्वार्टरफाइनलमा चेल्सी र पाल्मेरास, बेन्फिका र बोटाफोगो बाहिरिए

क्लब विश्वकपको क्वार्टरफाइनलमा चेल्सी र पाल्मेरास, बेन्फिका र बोटाफोगो बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ण्डु –इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मेरास फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेलमा अन्तिम-१६ को पहिलो खेलमा बेन्फिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा सुरुवाती अग्रता पनि चेल्सीले नै लिएको थियो । खेलको ६४औँ मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।

निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट मात्रै बाँकी छँदा खराब मौसमका कारण खेल दुई घण्टा रोकिएको थियो । दुई घण्टापछि सुरु भएको खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा बेन्फिकाका लागि डी मारियाले पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ११७औँ मिनेटमा किर्नान हलले गोल गरेपछि चेल्सी बेन्फिकामाथि ४–१ गोलअन्तरको निकाल्न सफल भएको हो ।

यस्तै, अर्को खेलमा ब्राजिलियन क्लब पाल्मेरासले ब्राजिलियन क्लब बोटाफोगोमाथि १–० को कठिन जित निकाल्यो । लिंकन फाइनान्सियल फिल्डमा भएको खेलमा पाल्मेरासलाई जिताउन पाउलिन्होले गरेको गोल नै निर्णायक बन्यो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि खेलको १००औँ मिनेटमा पाउलिन्होले गरेको गोल नै पाल्मेरासको जितका लागि पर्याप्त बन्यो । क्लब विश्वकपको क्वार्टरफाइनलमा अब चेल्सी र पाल्मेरास भिड्नेछन् ।