क्लब विश्वकपमा अप्रत्याशित नतिजा निकाल्दै ब्राजिली क्लब

क्लब विश्वकपमा अप्रत्याशित नतिजा निकाल्दै ब्राजिली क्लब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकामा क्लब विश्वकपको समूहचरणका खेल समाप्त हुँदै गर्दै एक स्पष्ट र अप्रत्याशित शक्तिका रूपमा ब्राजिलका टोलीहरू देखिएका छन्।

पछिल्ला केही वर्ष कोपा लिबर्टाडोरेसका विजेताहरू फ्लामेन्गो, पाल्मेरेस, बोटाफोगो र फ्लुमिनेन्स सबै टोलीले क्लब विश्वकपको दोस्रो चरणमा स्थान बनाएका छन्। यी सबैले बलिया युरोपेली क्लबविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै यी सफलता निकालेका हुन्। जुन किसिमका नतिजा र प्रदर्शनले गर्दा ब्राजिलका लाखौं फुटबल समर्थकले खुसी पाएका छन्।

फिफाका प्रतियोगिताहरूमा एकपछि अर्को गरी लगातार हार सामना गरिरहेको अवस्थामा यी प्रदर्शन र नतिजाले ब्राजिलका समर्थकका लागि नयाँ आशाका किरण पनि पलाएका छन्। फ्लामेन्गो र पाल्मेरेस समूहमा नै शीर्ष स्थान ओगट्न सफल रहे। यस क्रममा फ्लामेन्गोले समूहमा उत्कृष्ट क्लबको रूपमा परिचित चेल्सीमाथि नै ३–१ को जित निकालेको थियो।

जुन नतिजाले नै यस विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली पनि बन्यो। बोटाफोगोले पनि यस्तै किसिमको नतिजा अनुसरण गर्‍यो। यस क्रममा बोटाफोगोले भर्खरै च्याम्पियन्स लिग विजेता बनेको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराएको थियो। फ्लुमिनेसले पनि समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको हो। ‘हाम्रो पहिलो लक्ष्य नै अन्तिम १६ मा स्थान बनाउनु हो। तर, अहिले नै लक्ष्य पूरा भएको छैन,’ फ्लुमिनेन्सका मिडफिल्डर जोन एरियसले दक्षिण अफ्रिकाका क्लब मामेलोडी सनडाउन्ससँग गोलरहित बराबरीको नतिजा सामना गरेपछि भनेका थिए। सबै चारवटै क्लबको आशा नै नकआउट चरणमा पुग्नु रहेको छ। बोटाफोगो र पाल्मेरेस नै आगामी शनिबार एकआपसमा भिड्दै छन्।

यो प्रतिस्पर्धासँगै कम्तीमा एउटा ब्राजिलियन क्लबले क्वार्टरफाइनलमा स्थान बनाउनेछ। फ्लामेन्गोले भने आइतबार बायर्न म्युनिखविरुद्ध र फ्लुमिनेन्सले सोमबार इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछन्। कोरिन्थियन्सले सन् २०१२ मा चेल्सीलाई हराउँदै क्लब विश्वकपको उपाधि उचालेको थियो। त्यति बेला थोरै क्लबलाई मात्र यस प्रतियोगितामा प्रतिस्पर्धा गराइन्थ्यो।
अहिले संख्या बढाएर ३२ टोलीले क्लब विश्वकपमा प्रतिस्पर्धा गराइएको छ। जसमा पाँच महादेशका क्लबहरू छन्। कोपा लिबर्टडोरेस च्याम्पियन बोटाफोगोले जुन १९ मा पिएसजीविरुद्ध सनसनीपूर्ण नतिजा निकालेको थियो। तर, त्यो प्रतिस्पर्धा अगाडि फुटबलका पण्डितले फ्रेन्च क्लब बोटाफोगोविरुद्ध पूर्ण हाबी हुने आकलन गरेका थिए।

यस किसिमको नतिजा आउनुको पछाडि दुई महत्त्वपूर्ण कारण पनि देखिन्छ। अहिले ब्राजिलियन क्लब लिगको मध्य सिजनमा छन्।

त्यसैले उनीहरूका लागि तालमेल मिलाउन सहज भएको छ। तर, युरोपियन क्लबहरूको भने सिजन समाप्त भएको छ। साथै ब्राजिलियन क्लबहरूले आफ्नो देशको जस्तो तातो मौसम अमेरिकामा पनि सामना गर्नुपरेको छ। तर, युरोपियन क्लबका लागि यो वातावरणमा खेल्न सहज भएको छैन।

युरोपियन च्याम्पियन पिएसजीविरुद्ध जित निकालेपछि बोटाफोगोका प्रशिक्षक रेनाटो पाइभाले यो टोलीविरुद्ध खुला रूपमा खेल्न डराउने तर आफूले प्रयास गरेको र जुन ठूलो जोखिमपूर्ण पनि रहेको प्रतिक्रिया दिएका थिए।