चेल्सी क्लब विश्वकपको फाइनलमा

चेल्सी क्लब विश्वकपको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सेलाई २ गोलले हराउँदै इङ्ग्लिस क्लब चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरे । उनले खेलको १८औं मिनेटमा र ५६औं मिनेटमा गोल गरे । अब उपाधिका लागि चेल्सीले बुधबार हुने सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

बुधबार राति रियल मड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) खेल्दैछन् । क्लब विश्वकपको फाइनल खेल यही जुलाई १४ तारिखमा हुनेछ ।