विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको जंगल हुँदै मानवीय बस्तीमा पसेका हात्ती धपाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आज शुक्रबार मोरङको बेलबारी–१० भाउन्नेमा हात्तीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्दै उनले सुरक्षा निकायसँग छलफल राखेर स्थानीयलाई शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए ।
‘हात्तीले कुनै मानवीय क्षति पुर्याउनुभन्दा अघि नै हामी सबै सजग हुनुपर्छ । यस क्षेत्रमा हात्तीले अन्नबालीदेखि बसोबासमा समेत नोक्सान गरिरहेको छ । सरकार यस विषयमा गम्भीर छ,’ उनले भने ।
स्थानीय वासिन्दासँगको भेटमा मुख्यमन्त्री कार्कीले जंगली हात्तीबाट जोगिनका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
बेलबारीस्थित चिसाङ साझेदारी सामुदायिक वनका अध्यक्ष दिनेश गिरीले हात्तीको झुण्डले निरन्तर समस्यामा पारिरहेको बताए । हात्तीले रातिको समयमा बस्ती पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको छ ।




प्रतिक्रिया