एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति प्रचण्ड असन्तुष्ट

एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति प्रचण्ड असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् ।

एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन् ।

पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन् । नेकपा चितवनले आयोजना गरको चियापान कार्यक्रममा उनले पार्टीभित्रका बेथितिको चर्चा गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।