दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पुर्याइने बताएका हुन् ।
हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । ‘एक घर : एक धारा अभियानअन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पुर्याउँछ’, उनले भने ।




प्रतिक्रिया