पार्टीको कार्यक्रम बुझ्न नसक्नेहरु कन्फ्युज भए, जनताको जनवादमा सहमति भइसक्यो :प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारीक लाईन जनताको जनवाद भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको आधिकारीक कार्यक्रम बहुदलीय जनवाद नभइ जनताको जनवाद भएको स्पष्ट पारे ।

सत्तारुढ दलका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच जनताको जनवादका विषयमा सहमति भएको समेत खुलासा गरे ।

सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दावी गरिरहेका बेला प्रचण्डको यस्तो भनाई आएको हो ।

कार्यक्रममा प्रचण्डले भने ‘पार्टीको कार्यक्रम बुझ्न नसक्नेहरु कम्फियुज भएका हुन्, दुई अध्यक्षबीच जनताको जनवादमा सहमती भइसकेको छ । ’

उनले पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम बुझ्न नसकेर कन्फिुज भइरहेको भन्दै अव कसैले बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement