बजेट अधिवेशन र स्थायी समिति बैठकबारे प्रधानमन्त्री र प्रचण्डबीच दुई घण्टा छलफल

बजेट अधिवेशन र स्थायी समिति बैठकबारे प्रधानमन्त्री र प्रचण्डबीच दुई घण्टा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटवार्तामा पार्टीको स्थायी समिति बैठक र बजेट अधिवेशनबारे छलफल भएको बताइएको छ । बजेट अधिवेशन आज ४ बजेबाट सुरु हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहान दुई घण्टा लामो भेटवार्ता संसदको बजेट अधिवेशनमा केन्द्रित भएको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए ।

वैठकमा प्रधानमन्त्री ओलीले स्थायी समितिका २० सदस्यहरुले बैठक बोलाउन गरेको माग बजेट अधिवेशनपछि मात्र पुरा गर्न सकिने बताएको स्रोतको दावी छ । अर्का अध्यक्ष प्रचण्डलाई नेताहरुले स्थायी समिति वैठक बोलाउन माग गरिसकेका छन्।