मुख्यमन्त्री पोखरेलले आजै तीन जनालाई मन्त्री नियुक्त गर्ने

मुख्यमन्त्री पोखरेलले आजै तीन जनालाई मन्त्री नियुक्त गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पोखरेलले नेपाली कांग्रेसबाट कुमार खड्का,जसपाबाट नेता हरिशरण आचार्य, माओवादी केन्द्रबाट मधु अधिकारी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्दैछन् ।

मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुको सपथ आज साढे सात बजे गर्ने तयारी छ ।