काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अघिल्लो सरकारले सुरु गरेका कामलाई चाँडै नै पूरा गर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताएका हुन् । साथै उनले नेकपा एमालेको सरकारले प्रदेशको नामाकरण गर्न पहल नै नगरेको आरोप लगाए ।
‘एमालेको सरकारले प्रदेशको नामाकरण गर्न नसकेको होइन, उसले प्रयास नै गरेन, यदि प्रयास गरेको थियो भने नेकपा हुँदा आफैँमा दुई तिहाई सांसदहरु थिए, नाम तयार गर्न सक्छ,’ उनले भने, ‘तर त्यसलाई औपचारिक रुपमा छलफल गर्ने, संसदमा प्रवेश गराउने, काम नै गरेन, म यो तिहारपछि संसद शुरु भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु र यसका लागि खास गरी दुई तिहाईको जरुरत पर्छ, त्यसको लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरुसँग पनि म सौहाद्रपूर्ण ढंगले छलफल गरेर यसलाई टुंगो लगाउने दिशामा अघि बढ्छु ।’
उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया