काठमाण्डु– उत्तरी चिनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ ।शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट हुँदा दर्जनौँ वेपत्ता भएका छन् ।
विस्पोटको समयमा २४७ जना कामदारहरू कोइलाखानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित सबै प्रयास गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।
उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
वेपत्ता रहेकाहरुका केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको रिपोर्ट गरेको थियो ।




प्रतिक्रिया