अमेरिकी रक्षा उपसहायक मन्त्रीले प्रधानसेनापतिसंग गरे नेपाली सेनाको प्रशंसा

अमेरिकी रक्षा उपसहायक मन्त्रीले प्रधानसेनापतिसंग गरे नेपाली सेनाको प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाका उपसहायक राज्यमन्त्री जोशेप फेल्टरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा सोमबार भएको भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र मन्त्री जोशेपबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

भेटमा दक्षिण एसिया तथा पुर्वी एसिया मामिला हेर्ने अमेरिकी उपसहायकमन्त्री फेल्टरले शान्ति सेनामा नेपाली सेनाले पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने बताए ।

उनले नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानसेनापति र युरोपियन युनियनका राजदूत बीच शिष्टाचार भेटवार्ता

यसैवीच, प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत भेरोनिका कोडीबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सैनिक मुख्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत कोडीबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

भेटमा कोडीले दैविप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भईरहेको सहकार्यलाई अझ तिव्रता दिदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग समेत गर्ने प्रतिवद्धता जनाईन् ।