काठमाण्डु – अमेरिकाकी राजदूत र्यान्डी बेरीले प्रधानसेनापति प्रभुराम शर्मासंग बिदाई भेट गरेका छन् । राजदूत बेरीले आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सोमबार प्रधानसेनापतिसंग भद्रकालिस्थित सैनिक मुख्यालयमा भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूत बेरीले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए ।
सैनिक जनसम्र्पक निर्देशनालयले जारी गरेको विज्ञप्तिमा यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।




प्रतिक्रिया