काठमाडौं – प्रधानसेनापति पुर्णचन्द्र थापाले मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापाले बंगाभभवन पुगेर राष्ट्रपति हमीदसँग भेटवार्ता गरेका हुन् ।
उनी नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका छन् । भ्रमणको सिलसिलामा प्रधानसेनापति थापाले शिखा अनिर्बनस्थित वीर सैनिक स्मारकमा माल्यार्पण समेत गरेका थिए, भने उनको स्वागतमा सेनाकुन्जामा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
साथै उनले विभिन्न सैनिक उच्च अधिकारीहरुसगँ भेट गरेका छन् । उनी औपचारिक भ्रमण सकेर माघ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया