सेनाबाट बिदाई भए प्रधानसेनापति थापा

सेनाबाट बिदाई भए प्रधानसेनापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाई कार्यक्रम सम्पन्न भएको छ । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जिवनबाट आईतबार बिदा भएका हुन ।

सैनिक मुख्यालयमा भएको कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जिवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न योगदान गरेको भन्दै बधाई दिएका थिए ।

उनले आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तीको लागि सदैव सहकार्य हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा का.मु. प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएकोमा बधाई दिंदै आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरुका सम्बन्धमा समेत प्रकाश पारेका थिए ।