काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै बढी चिसो महशुस गरिएको छ। बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ३.४ डिग्री सेल्सियस मापन भएकोमा शनिबार तापक्रम झनै घटेको हो। यो यस वर्षकै कम रेकर्ड तापमान हो।  मौसम सामान्य तथा सफा रहे पनि आज तराईं र उपत्यकाका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। घाम लाग्दै गर्दा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ।

आज देशमा पश्चिमी वायुको प्रभाव पनि सामान्य रहेकाले दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदलीको सम्भावना छ। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ।