जाडोमा हात, खुट्टा फुट्यो? यसरी गरौं घरेलु उपायबाट समाधान


काठमाडौं – आजभोली जाडोयाम सुरु भैसकेको छ । यस बेला सबैजसो उमेर समूहका मानिसको हातखुट्टा फुट्ने र सुख्खा हुने गर्छ । हात खुट्टाको सौन्दर्यता नै हराउने गरी नै फुट्छ ।चिसोको समयमा हातखुट्टा र अनुहारको छाला मात्र होइन धेरैलाई कुर्कुच्च तथा पैतला फुट्ने समस्याले पनि सताउँछ ।

कुर्कुच्चा फुट्दा दुख्ने गर्छ । कुर्कुच्चा फुट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्चालाई घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ ।

पैताला फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् । सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement