सुनको मूल्य एकैदिन १५०० ले बढ्यो

सुनको मूल्य एकैदिन १५०० ले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार ५०० बढेको छ ।

सोमबार ९२ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि एक हजार ५०० ले बढेको छ । सोमबार ९२ हजार १५० मा कारोबार भएको तेजावी सुन आज तोलाको ९३ हजार ६५० कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर एक हजार २३५ पुगेको महासंघले जनाएको छ ।