मोरङमा कलेज बस दुर्घटनाः बसधनीको मृत्यु, ११ विद्यार्थी घाइते

मोरङमा कलेज बस दुर्घटनाः बसधनीको मृत्यु, ११ विद्यार्थी घाइते


मोरङ – मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।

मोरङको घनपालथान गाउँपालिका वडा नम्बर–४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बस धनीसमेत रहेका सहचालक विराटनगर–१५ का ३२ वर्षीय सानु साहको दुर्घटनामा मृत्यु भएको हो । बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।