काठमाण्डु– कम्बोडिया पुगेर अवैध काम गर्दै आएका थप ८ जना नेपालीको उद्धार भएको छ।
प्रलोभनमा परेर कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका ८ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको हो ।
अनलाईन ठगीसँगै कम्बोडियामा बिना भिषा बसिरहेका उनीहरुलाई राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरि गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा मंगलबार कम्बोडियाबाट नेपाल पठाइएको हो।
उनीहरू आजै त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्।
यसअघि गएको फागुन २९ गते २१, चैत ५ गते २० जना, र गत सोमबार १२ जना नेपालीको उद्धार गरिएको थियो ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ।




प्रतिक्रिया