काठमाण्डु– विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप २१ जना नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा बिना भिसा बसिरहेका २१ जना नेपालीहरुलाई उद्धार गरिएको हो ।
उनीहरुलाई कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको पाइएको छ ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको बताइएको छ ।
कम्बोडियामा माथि अबैध रुपमा अवस्थामा बसिरहेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर-आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +85512215578,लालसिहं खडका +85593203666, रामजी कुमार छेत्री + 855963465788 )लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास अनुरोध पनि गरेको छ ।




प्रतिक्रिया