यी हुन् कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने कमेडियन


काठमाडौं – चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ को उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुग्न सफल भएका छन् ।

उत्कृष्ट चार जनामध्ये एक जना बाहिरिएपछि उनीहरु टप ३ मा सुरक्षीत भएका हुन् । उत्कृष्ट चारसम्म पुगेका बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ फाइनलमा नपुग्दै बाहिरिएका छन् ।

उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा चलेपनि च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो शो आज बेलुकी प्रशारण हुँदैछ । तर, शो प्रशारण अगाडि नै मेक्सम बाहिरिएको खबर सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement