काठमाण्डु – मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हब’ माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन् ।
राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ ।




प्रतिक्रिया