द्वन्द्वका मुद्दा टुंग्याउन दाहालले प्रधानमन्त्री आेलीलाई दिए दबाब


काठमाडौँ – द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रुपमै टुंग्याउन आग्रह गरेका हुन् । केही दिनयता दाहाल र ओलीबीचको मनमुटाब सतहमा देखिएको छ । यही सन्दर्भमा उनीहरुबीच शनिबार बिहान छलफलसमेत भएको थियो ।

छलफलमा दाहालले सत्यनिरुपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement