‘कम्फर्टेबल’ प्रचण्ड : पानीढलोतिर लत्रक्कै ढल्किँदा चर्कियो विवाद

‘कम्फर्टेबल’ प्रचण्ड : पानीढलोतिर लत्रक्कै ढल्किँदा चर्कियो विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै पानीढलोको सम्बन्ध भएकाले भारतका लागि कम्फर्टेबल हुने सरकार बन्नुपर्ने बताएका थिए ।

प्रचण्डले उतिबेला नेपाली कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार बनेमा भारतका लागि कम्फर्टेबल हुने बताएका थिए । अहिले ठ्याक्कै प्रचण्डले भनेजस्तै कांग्रेस, माओवादी र जसपा मिलेर ‘कम्फर्टेबल’ सरकार बनेको छ र प्रचण्ड प्रधानमन्त्री छन् ।

पत्रकार धमलालाई अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका थिए, ‘नेपाली कांग्रेस हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ देशको राजनीति, सन्तुलनमा बस्छ । सबै छिमेकीहरूसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ, भारतसँग पनि, चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको हाम्रो जो विशिष्ट सम्बन्ध छ, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो धर्म परम्परा, हाम्रो अर्थतन्त्र, हाम्रो पानीढलो, खुला बोर्डर सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व त विकास हुँदैन । त्यसरी हेर्दा म के देख्छु, नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ती पनि योभन्दा कम्फर्टेबल समीकरण, यो भन्दा कम्फर्टेबल हुँदैन, चीनका लागि पनि यो कम्फर्टेबलै हुन्छ । भनेपछि यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु, आत्मसमीक्षासहित भनेको छु ।’

माओवादी अध्यक्ष प्रचण्डको चाहनाअनुसार २०७८ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । जुन गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेका थिए, त्यो गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन हुँदै हालसम्म जारी छ । प्रधानमन्त्री प्रचण्ड पानीढलोतिर ढल्किएर अभिव्यक्ति दिँदा पटक–पटक विवादमा फस्ने गरेका छन् । पछिल्लोपल्ट भारत भ्रमणका क्रममा प्रचण्डले दिएको अभिव्यक्तिले संसद् बैठकमै बहस चर्कियो । प्रचण्डले नेपाली नक्शामा समावेश भएको तर भारतको कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई साटेर बंगलादेशसँगको पहुँचमार्ग लिन सकिने विकल्प रहेको अभिव्यक्ति दिएका थिए ।

भारतले चीनसँगको रणनीति महत्त्वका रूपमा बुझेको लिम्पियाधुरालाई छाड्न नखोजेका बेला प्रचण्डले दिएको अभिव्यक्ति विवादित बन्यो । प्रचण्डले भारत भ्रमणमै रहेका बेला भारतलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिएका थिए । तर उनले स्वदेश फर्किएपछि संसद्मा जवाफ दिनुपरेको थियो । नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग्दै संसद् बैठक अवरुद्ध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड फेरि विवादमा परेका छन् । सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)को विमोचन कार्यक्रममा प्रितम सिंहबारे प्रचण्डले बोलेको विषय विवादित बनेको छ । कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन, उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौंका पार्टीहरूलाई, नेताहरूलाई पार्टीहरूसँग पनि उहाँले लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तर्क्रिया, सहकार्य हुने गर्‍यो ।’

‘मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरैचोटी दिल्ली जानु पनि भयो’ भन्ने वाक्यले प्रचण्ड यतिबेला विवादमा छन् । प्रधानमन्त्री बन्ने र बनाउने कुरा आन्तरिक विषय भए पनि प्रचण्डले भारत र दिल्लीलाई जोडेका छन् । हुन त उनले यसअघि पनि भारतलाई कम्फर्टेबल हुने सरकार बन्नुपर्ने भन्दै पानीढलोतिर झुकाव व्यक्त गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिलाई सत्तारुढ दलकै नेताहरूले रुचाएका छैनन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गल्ती प्रधानमन्त्रीकै हो । नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरूलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो । प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ । सत्तारूढले नै प्रश्न गरेका छौं । प्रतिपक्षको त मूल कर्तव्य नै हो !’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा नै मागेको छ । अन्य प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्री प्रचण्ड भारततिर लत्रक्कै ढल्किएर अभिव्यक्ति दिँदा विवादमा परेका छन् ।

कुनै बेला ‘धर्मलाई अफिम’ भन्दै मन्दिर भत्काउने र पुजारी मार्ने काम प्रचण्ड नेतृत्वकै सशस्त्र द्वन्द्वका बेला भएको थियो । तर भारत भ्रमणका बेला प्रचण्डले गेरुवा वस्त्र लगाउनु र भारतबाट फर्केपछि पशुपतिनाथ मन्दिरमा जानुलाई धेरैले शंकास्पद रूपमा हेरिरहेका छन् ।

प्रचण्डकै सहयोद्धा डा. बाबुराम भट्टराईले बिहीवार बिहान ट्विटरमा लेखेका छन्, ‘कट्टर राजावादी दलका प्रमुखले प्रतिष्ठित मिडियाकर्मी दिलभुषण पाठकसँग अहिलेका ठूला दलका ठूला नेताकै काँधमा बोकाएर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत सबै लोकतान्त्रिक उपलब्धि उल्ट्याइन्छ भन्नुलाई ‘छोटी मुह बडी बात’ भनेर पन्छाउन नमिल्ला ! गत वैशाखको पूर्व राजाको लखनउ मन्त्रणा, हालै प्रमको उज्जैनदेखि पशुपतिनाथसम्मको दौड, पूर्व प्रमद्वारा पशुपतिमा जलहरी, अर्का पूर्व प्रम पत्नीको राखी प्रकरण लगायतलाई जोडेर हेर्दा चित्र गम्भीर बन्न पुग्छ । भनिन्छ– नरक जाने बाटो राम्रै नि