काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा घुससहित पक्राउ परेका छन् । नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायको काम गर्ने रमेशलाल श्रेष्ठ ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनीहरु सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी मिलाउनको लागि घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुसँग थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




प्रतिक्रिया