कम्युनिष्ट पार्टीले अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्छः अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।  नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको बताए । कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement