लुम्बिनी सरकारबाट बाहिरियो कांग्रेस, ५ मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी सरकारबाट बाहिरियो कांग्रेस, ५ मन्त्रीको सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी काँग्रेस मन्त्रीहरुले राजीनामा दिएका छन् ।

नयाँ राजनीतिक समीकरण बनेसँगै सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले आइतबार मुख्यमन्त्री सामूहिक राजीनामा दिएका हुन् ।

आफूहरुले प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीमार्फत मुख्यमन्त्री राजीनामा बुझाएको सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले काठमाण्डु पाटीलाई जानकारी दिए ।

राजीनामा दिने मन्त्रीहरूमा थापासहित आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार छन् ।

थापाका अनुसार दल नेता चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मन्त्रीहरुको राजीनामा बुझाउने छन् ।


एमाले र नेकपाबीच शनिबार भएको तीन बुँदे समझदारीमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने उल्लेख छ ।

हालका मुख्यमन्त्री आचार्य एमालेकै हुन् । उनैले निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री नियुक्त हुने भन्ने निर्णय हुन बाँकी छ ।

पूर्वमुख्यमन्त्री लीला गिरी र भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी छन् ।