विवादबीच चीन र अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षण

विवादबीच चीन र अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद जारी छ। विवादबीच नै दुवै देशले क्षेप्यास्त्र परीक्षण गरेका छन। दक्षिण चीन सागर, कोरोना भाइरसको उत्पत्ति, हङकङ, ताइवान, प्रविधि, व्यापारजस्ता विषयमा हाल अमेरिका र चीनबीच विवाद छ।

चिनियाँ जनमुक्ति सेनाले हालै गरेको सैन्य अभ्यासमा डीएफ–२६ र डीएफ–१६ क्षेप्यास्त्र परीक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। डीएफ–२६ क्षेप्यास्त्रले ४ हजार किलोमिटर टाढासम्म पुगेर मार हान्नसक्छ भने डीएफ–१६ क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाको मध्यम रेन्जमा मार हान्नसक्ने क्षेप्यास्त्र हो।

डीएफ–२६ ले अमेरिकी भूभाग गुआमसम्म पुगेर आक्रमण गर्नसक्ने जनाइएको छ। डीएफ–१६ ले जापानसम्म पुगेर आक्रमण गर्नसक्छ। यो क्षेप्यास्त्र ओकिन्वामा रहेको अमेरिकी सैन्य क्याम्पलाई लक्षित गरि बनाइएको बताइएको छ।

यसैबीच मंगलबार बिहानै अमेरिका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिएको छ। प्रशान्त महासागरमा विस्फोट हुनुपूर्व अमेरिकी क्षेप्यास्त्रले ६ हजार किलोमिटरको दुरी पार गरेको जनाइएको छ।