नेपाली सेनाको २१९ जनाको टोली कंगो प्रस्थान

नेपाली सेनाको २१९ जनाको टोली कंगो प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  संयुक्त राष्ट्रसंघ (यूएन) मिसन अन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ ।

शुक्रबार यूएन मिसन कंगोमा तैनाथ भवानीदल गण (शान्ति सेना) २७ औं डफ्फालाई बदली गर्नको लागि फष्ट रैफल गण (शान्ति सेना) २८ औं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइन्टबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।

 कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको नेपाली सेनाले जनाएकाे छ ।