क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन नेता पौडेलको निर्देशन

क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन नेता पौडेलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन निर्देशन दिएका छन्। आज तिलगंगास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर क्रियाशील सदस्यता छानबिन समितिको कामकाजबारे जानकारी लिँदै क्रियाशील सदस्यता छानबिन समयमै टुंग्याउन पौडेलले निर्देशन दिएका हुन्।

वरिष्ठ नेता पौडेलले छानबिन समितिको कामको प्रशंसा गरेको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिएका छन् । साथै नेता पौडेलले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रभावित पार्न प्रक्रिया नपुर्याइ थपिएका क्रियाशील सदस्य मान्य नहुँने बताए ।

उनले छानबिन समितिका सदस्यहरूलाई निष्पक्ष छानबिन गर्न समेत आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा तय गरिएको छ । १४ साउनबाट वडा अधिवेशन हुने तय गरिएको छ । त्यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेछ । अहिले समितिले क्रियाशील सदस्यताको छानबिन गरिरहेको छ ।